विप्लव समूहका मोरङ इन्चार्जले त्यागे पार्टी, प्रशासनसमक्ष गरे आत्मसमर्पण

 माघ ११, २०७६ शनिबार ७:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गर्नुभएकाे छ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पाैडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उच्च अदालतले छाड्न आदेश दिएलगत्तै पाैडेलले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मासमर्पण गर्नुभएकाे हाे । आत्मसमर्पण गर्दै पाैडेलले विप्लव समूह परित्याग गरेको बताउनुभयाे ।

सामान्य जीवनमा फर्कन पार्टी परित्याग गरेकाे जिल्ला प्रशासन कार्यालय मोरङमा पाैडेलले दिएको निवेदनमा उल्लेख छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसमक्ष पाैडेलले अब विप्लव समूहसँग लागेर कुनै अवैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।  

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मीको रोहवरमा पाैडेललाई छाडिएको भण्डारीले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया