छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही : मुख्यमन्त्री भट्ट

 माघ ११, २०७६ शनिबार १२:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना नगरे कारबाही गर्ने बताउनुभएको छ  ।

डोटीको दिपायल सिलगढी नगरपालिका ४ मा निर्माण हुन लागेको निजामी कर्मचारी बिद्यालयको शिलान्यास गर्नु हुँदै मुख्यमन्त्री भट्टले कारबाहीको चेतावनी दिनुभएको हो ।  

सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरीलाई निजी बोर्डिङमा पढाउने गरेको भन्दै मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘सरकारको पैसा खाएर छोरी छोरी निजी बोर्डिङमा पढाउन पाइदैन, निजी बोर्डिङमा पढाउनेलाइ अब कारबाही हुन्छ ।’ 

प्रदेशभित्रका निजी विद्यालयमा छोरा छोरी पढाउने सरकारी कर्मचारीको तथ्यांक संकलन गर्ने काम सुरु गर्न लागेको भन्दै उहाँले त्यसबाट आउने तथ्यांक अनुसार कारबाही अघि बढाइने बताउनुभयो ।   

२ करोड ३९ लाख लागत ६ कोठे दुइ तले निजामती स्कुलको भवन २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको छ । निजामती कर्मचारी स्कुलका लागि १०० रोजनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो । 

आउँदो वर्षमा नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान, स्वीमङ पुल लगाएका संरचनाहरु निर्माण गर्न झण्डै ७५÷८० करोड रकम खर्च गर्ने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया