बिग ब्याश लिग : क्रिश लिनकाे विकेटसँगै सन्दीपकाे ९९ टी–२० विकेट

 माघ ११, २०७६ शनिबार १७:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा ब्रिसबेन हिटविरुद्ध विकेट हात पार्दै नेपाली युवा बलर सन्दिप लामिछानेले ९९ टि–२० विकेट पूरा गरेका छन् । 

मेलबर्नमा भएको खेलमा १२औँ ओभरमा सन्दीपले क्रिश लिनलाई आउट गर्दै टी–२० मा विकेट संख्या ९९ पुर्‍याएका हुन् ।

सातौँ ओभरमा आफ्नो पहिलो स्पेल फालेका सन्दीपले जम्मा तीन रन दिए । कसिलो बलिङ गरेका उनकाे पहिलो बलमा बेन कटिङले रन लिन सकेनन् । दोस्रो बलमा उनले एक रन लिए । तेस्रो बलमा क्रिश लिनले एक रन लिए भने चौथो बलमा पनि कटिङले एक रन नै लिए । पाँचौँ बल डट फालेका सन्दीपको अन्तिम बल पनि डट रह्याे। 

त्यसपछि उनले नवौँ ओभरमा तीन रन दिए । पहिलो बलमा एबी डी भिलियर्सले एक रन लिए। त्यसपछिको उनको दुई बललाई क्रिश लिने राम्रोसँग खेल्न सकेनन् । चौथो बलमा भने लिनले एक रन लिए । पाँचौँ बलमा रन लिन नसकेका डि भिलियर्सले अन्तिम बलमा भने एक रन लिए । 

त्यस्तै १२औँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपको पहिलो बलमा डी भिलियर्सले एक रन लिए भने दोस्रो बलमा क्रिश लिनले दुई रन लिए । तेस्रो बलमा रन लिन नसकेका लिन चौथो बलमा भने क्याच आउट भए । क्रिश लिनले ३१ बलमा ३४ रन बनाएका थिए । 

सन् २०१८ आईपीएलबाट सिनियर टी–२० करियर सुरु गरेका सन्दीपले अन्तर्राष्ट्रिय टी–२० भने त्यसकाे २० दिन पछि खेलेका थिए । उनको पहिलो अन्तर्राष्ट्रिय म्याच आईसीसी विश्व एघारबाट थियो । जुन खेल उनले वेष्ट इण्डिजविरुद्ध लर्डसमा खेलेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया