काठमाण्डाैकाे टुँडिखेलमा साेनाम ल्होछारकाे राैनक (तस्बिरमा )

 माघ ११, २०७६ शनिबार १८:२१:४ | विकास तामाङ

काठमाण्डाै - तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । 

सुँगुर वर्षको बिदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाण्डौको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन् ।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन् । पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पूरा भएर २८५६ वर्ष सुरु भएको छ ।

टुँडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभूषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी तथा झाँकी प्रस्तुत गरिएका थिए । 

हेर्नुहाेस् तस्बिरमा :

 

 

अन्तिम अपडेट: चैत २३, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया