बिग ब्याश लिग : ब्रिसबेन हिटद्वारा मेलबर्न स्टार्स ७१ रनले पराजित

 माघ ११, २०७६ शनिबार १७:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका बावजुद अष्ट्रेलिजामा जारी बिग ब्याश लिगमा मेलबर्न स्टार्स ब्रिसबेन हिट्सँग ७१ रनले पराजित भएको छ । 

मेलबर्नमा भएको खेलमा ब्रिसबेनले दिएको १८७ रनको लक्ष्य पछ्याएको घरेलु टोली १७।४ ओभरमा ११५ रनमा अलआउट भएको थियो । टस जितेर ब्याटिङ रोजेको ब्रिसबेनले ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । उसका लागि एबी डि भिलियर्सले ३७ बलमा ७१ रनको आक्रामक इनिङ्स खेले ।

उनले दुई चौका र ६ छक्का प्रहार गरेका थिए । सन्दीप लामिछानेले शिकार बनाएका क्रिश लिनले पनि ३४ रन बनाएका थिए । 

बलिङतर्फ एडम जाम्पाले तीन एक तथा सन्दीप लामिछाने र दिलबर हुसेनले एक-एक विकेट लिए । 

जवाफी ब्याटिङमा १७।४ ओभरमा ११५ रनमा अलआउट भएकाे मेलबर्नका लागि पिटर ह्याण्ड्सकम्बले बनाएको २७ रन नै सर्वाधिक थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया