आत्मघाती गोल, बार्सिलाेना भ्यालेन्सियासँग पराजित

 माघ १२, २०७६ आइतबार ७:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको छ । 

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो । 

त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे । बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएका क्विक सेटिनले पहिलो हार ब्यहोरेका छन् । 

हारसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अङ्क छ । भ्यालेन्सिया २१ खेलबाट ३४ अङ्क बटुल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । 

एक कम खेलेको रियल मड्रिड २० खेलबाट ४३ अङ्क बटुल्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया