पाल्पाका पूर्वसांसद कार्कीको निधन

 माघ १२, २०७६ आइतबार १०:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधन भएको छ । 

नेपाली काङ्ग्रेस पाल्पाका पूर्वसभापति समेत रहनु भएका ७६ वर्षीय कार्कीको उपचारको क्रममा काठमाण्डौमा निधन भएको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ ।  

मृगौलामा समस्या देखिन थालेपछि काठमाण्डौमा डायलासिस गर्दै आउनु भएका कार्कीको आईतबार निधन भएको हो ।  

कार्की विसं २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो  । विसं २०५१ देखि २०५६ सालसम्म नेपाली काङ्ग्रेस पाल्पाको जिल्ला सभापति रहनु भएका कार्की त्यसअघि राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित हुनु भएको थियो । 

रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया