ट्राइसिरिज खेल्न बिग ब्याश छाेडेर सन्दीप नेपाल फर्कँदै : साेमबार आइपुग्ने

 माघ १२, २०७६ आइतबार १४:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - नेपालका लेगस्पिनर सन्दीप लामिछाने साेमबार नेपाल आइपुग्ने भएका छन् ।

अस्ट्रेलियामा जारी बिग ब्याश लिग खेलिरहेका सन्दीपले नेपालले ओमन र अमेरिकासँग खेल्ने ट्राइसिरिजका लागि नेपाल फर्कन लागेका हुन् । ओमन र अमेरिकासँग नेपालले माघ २२ गतेदेखि त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लिग २ खेल्दैछ । त्यसका लागि नेपालले २ दिनअघि मात्रै अन्तिम १४ जनाको सूची सार्वजनिक गरेको थियो ।

नेपाली टिमका नियमित सदस्य सन्दीपले बिग ब्याश लिगमा १२ खेलमा १५ विकेट लिएका छन् । बिग ब्याशमा सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सले अहिलेसम्म १४ मध्ये १० खेलमा विजयी हुँदै क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ ।

अन्तिम अपडेट: माघ २०, २०७६

तपाईको प्रतिक्रिया