खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ

 माघ १२, २०७६ आइतबार १४:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरिएको  प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा दाङको पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका ५ घरका दवा छिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरुगया गाउँपालिका २ खड्कुका तेन्जिङ बहादुर तामाङ र संजित वाइबा रहेका छन् ।

उनीहरुले बल्ने ढुंगा छ भनी प्रलोभन देखाएर ५० लाख रुपैयाँ लुटपाट गरेको खुल्न आएको प्रहरी उपरीक्षक सिंहको भनाइ छ । उनीहरुको साथबाट १८ लाख ७५ हजार रुपैयाँ, मोटरसाइकल र सुनको औंठी समेत बरामद गरिएको छ । उहाँका अनुसार सबैजना एउटै समूहका हुन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया