धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
कास्की - दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ धरौटीमा रिहा हुनुभएको छ ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ पर्नुभएका गुरुङ आइतबार रिहा हुनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो ।
रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताउनुभयो । मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिनुभएकाे थियाे । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।