'एक्साइड' डिलरका प्रतिनिधि रुसकाे मस्काे र पिटर्सबर्ग घुमे

 माघ १३, २०७६ सोमबार १०:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिप्रदी ट्रेडिङ प्रालीको एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरका प्रतिनिधिलाई रुस भ्रमण गराएको छ ।

एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हासिल गरेका डिलरहरूलाई रुस भ्रमणमा लगिएको हो । भ्रमणका क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक सुरेश कुमार तिवारीसँगै डिलरहरूले रुसका मुख्य शहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमे । 

भ्रमणमा जानेहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र क्रुज डिनरमा सहभागी भएकाे कम्पनीले जनाएको छ ।

एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै कम्पनीप्रतिको निरन्तर साथका लागि डिलरहरूलाई धन्यवाद दिनु भएको छ ।

कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आउने दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्राण्डकाे प्रतिबद्धताअनुसार  भ्रमणको आयोजना गरेको कम्पनीले जनाएको छ ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस समूह रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया