शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - नेपालमा थप एक जना व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । याेसँगै नेपालमा २ जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे हाे । यसअघि गएकाे शुक्रबार एक जना व्यक्तिमा संक्रमण भएकाे पुष्टि भएकाे थियाे ।
संक्रमण भएका दुवै जना चीनबाट नेपाल फर्केका हुन् ।
चीनबाट फर्कने क्रममा विमानस्थलबाटै आइतबार अस्पताल ल्याइएका २ जनामध्ये एक जनामा यसकाे संक्रमण भएकाे पुष्टि भएकाे हाे । अस्पतालले भाइरसकाे संक्रमण भए नभएकाे बारे निष्कर्ष निकाल्न दुवै जनाकाे रगतकाे नमूना हङकङ पठाएकाे थियाे ।
हङकङमा परीक्षणपश्चात एक जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।