काेराेना भाइरसलाई मध्यनजर गर्दै रसुवागढी नाका १५ दिन बन्द गरिने

 माघ १४, २०७६ मंगलबार १३:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ ।

नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले तीन वटा कारण देखाउँदै बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुनसक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।

रसुवागढीमा मंगलबार बिहान बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् ।    

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया