गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा

 माघ १४, २०७६ मंगलबार १६:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेकाे हाे । 

राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । जिल्ला प्रशासन कार्यालयले नै  प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो  । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । 

विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको थियाे । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया