एभरेष्ट प्रिमियर लिगका लागि खेलाडीहरु रिलिज तथा अनुबन्धन

 माघ १४, २०७६ मंगलबार १८:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न एभरेष्ट प्रिमियर लिगका लागि विभिन्न टिमले खेलाडी रिलिज तथा अनुबन्ध गरेका छन् ।

भैरहवा ग्लाडियटर्सले प्रकाश केसी र भुपेन्द्र थापा क्षत्रीलाई रिलिज गरेको छ भने विराटनगर वारियर्सले पुष्प थापा, विनोद लामा र रविन क्षत्रीलाई रिलिज गरेको जनाएकाे छ ।

यसैगरी चितवन टाइगर्सले पृथु बास्कोटलाई रिलिज गरेको छ भने काठमाण्डौ किंग्स इलाभेनले सिद्धान्त लोहनी, विक्रम कुमार भुसाल र पुरन विश्वकर्मालाई रिलिज गरिएको जनाएको छ ।

पोखरा राइनोजले राजेश पुलामी मगर, सौरभ खनाल र सुवेन्दु पाण्डेलाई रिलिज गरेको छ ।

यसैगरी पहिलो चरणमा भैरहवाले विकास अग्रीलाई ५० हजारमा अनुबन्ध गरेको छ भने विराटनगले अनिल खरेललाई १ लाख २७ हजार, विक्रम कुमार भुसाललाई १ लाख १७ हजार र सौरभ खनाललाई १ लाख ७ हजारमा अनुबन्ध गरेको जनाइएको छ ।

यस्तै शेर मल्ललाई काठमाण्डौले ८६ हजारमा खरिद गर्दा अमृत भट्टराई र दीपेन्द्र रावतमाथि ५१–५१ हजार खर्चिने भएको छ । 

पोखराले रित गौतमलाई १ लाख २० हजारमा अनुबन्ध गर्दा पृथु बास्कोटालाई ७५ हजार विवेककुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजारमा अनुबन्ध गरेका छन् ।

दोस्रो चरणको बिडिङबाट भैरहवाले हिमांशु दत्तालाई ५५ हजार तिर्ने भएको छ भने चितवनले खडक बोहरालाई ५० हजारमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया