काेकिनसहित बाेलिभियाका नागरिक पक्राउ

 माघ १७, २०७६ शुक्रबार ७:३०:४० | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाण्डाै महानगरपालिका २६ ज्याठामा रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो ।

सुटकेसभित्र फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया