राैतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक जना पक्राउ

 माघ १७, २०७६ शुक्रबार १८:६:२५ | धनवीर महतो
unn.prixa.net

रौतहट - राैतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति १० बजे गौर नगरपालिका-१ की चार वर्षीया बालिकालाई चकलेट दिएर ललाइ फकाइ बारीमा लगेर बलात्कार गरेको आरोपमा ५४ वर्षीय  छिमेकी रामकिशोर मिश्रलाई जिल्ला प्रहरी कार्यालय गौरकाे प्रहरी टोलीले शुक्रबार पक्राउ गरेकाे हाे ।

बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखेर ठूली आमाले सोधपुछ गर्दा मिश्रकाे हर्कत थाहा भएकाे थियाे ।

धनुषा जिल्ला घर भएर हाल गौर नगरपालिका-१ मा साइकल मर्मतको पसल चलाउँदै आएका मिश्रलाई पक्राउ गरिएको जानकारी दिँदै रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी नविन कार्कीले पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गराइएको बताउनुभयाे ।

भारतकाे विहार सितामढी जिल्ला वैरगनिया सेखौना बस्ने पीडितकी आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउने क्रममा बालिकालाई गौरमा रहेकाे ठूली आमाको घरमा राखेकाे बेला घटना भएकाे डीएसपी कार्कीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया