कर्मचारी एकैसाथ बिहेमा : शुक्रबार प्रदेश-१ काे संसद सचिवालय खाली

 माघ १७, २०७६ शुक्रबार २१:४:५३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश-१ को संसद सचिवालयका उपसचिव अर्जुन निरौलाकी छोरीको बिहेमा एकैपटक कर्मचारीहरु जाँदा शुक्रबार संसद सचिवालयमा कर्मचारीहरु भेटिएनन् ।

प्रदेशसभाका माथिल्लो तहका सबै कर्मचारीहरु एकैपटक विवाहमा सहभागी हुँदा सचिवालय कर्मचारीविहीन भएको हो ।

शुक्रबार दिउँसो एक बजेसम्म पनि कर्मचारी कार्यालयमा नपुग्दा सचिवालयका सबै कुर्सीहरु खाली थिए ।

सचिवालय पुग्दा कुर्सी खाली नै देखिएको प्रदेशसभामा पुगेका सांसदहरुले बताए । शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीसमेत संसद सचिवालयमा पुग्दा खाली देखेपछि एकैछिन सचिवालयमा बसेर फर्किनुभएकाे थियाे ।

अधिकांश कर्मचारीहरुको कार्यकक्षमा रहेको नेमप्लेटमा ‘बाहिर’ रहेको जनाउ दिइएको थियो ।

सचिवदेखि कर्मचारी कोही कार्यालयमा नभएको जानकारी पाएर संसद सचिवालयमा पुगेका पत्रकारलाई गेटमा रहेका सुरक्षाकर्मीले कोही कर्मचारी नभएको भन्दै भित्र जान नै रोकेका थिए ।

पछि सांसदज्युलाई भेट्न आएको भन्दै भित्र पसेका पत्रकारले कार्यालयमा कोही नदेखेपछि एकजना कार्यालय सहयोगीसँग कर्मचारी नआउनुको कारण सोधेका थिए । ती कार्यालय सहयोगीले कार्यालयका उपसचिव अर्जुन निरौलाको  छोरीको बिहेमा गएका कारण कोही नभएको बताए ।

तर कार्यालयमा मर्यादापालक र सुरक्षाकर्मीहरु भने आफ्नै काममा व्यस्त थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया