यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणा पक्राउ

 माघ १९, २०७६ आइतबार १५:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज आइतबार पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राणाले यौन हिंसा गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई शुक्रबार गृह मन्त्रालयले निलम्बन गरेको थियो । 

पीडित महिलाले इटहरीको एउटा होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उनको धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया