'जबरजस्ती करणी'पछि कुवेत जान लाग्दा विमानस्थलबाट पक्राउ

 माघ २०, २०७६ सोमबार १५:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जबरजस्ती करणी गरी फरार रहेका धादिङका हेमन सिंह बस्नेत पक्राउ परेका छन् । 

गजुरी गाउँपालिका ८ का बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

गएको जेठ १४ गते गजुरी गाउँपालिका ८ को हलेदेखोलाकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका सिंहलाई रोजगारीका लागि कुवेत जाने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

बाटाे खन्ने काममा रहेका एक्स्काभेटर चालक बस्नेत १६ वर्षे युवतीलाई जबरजस्ती करणी गरेर फरार थिए । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया