ए डिभिजन लिग : एनआरटी र फ्रेण्ड्सकाे लक्ष्य 'शीर्ष ६'

 माघ २१, २०७६ मंगलबार ९:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मङ्गलबार दशौं चरणका खेल सकिँदैछ ।

दशौं चरणको अन्तिम खेलमा एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल एन्फा कम्प्लेक्स मैदानमा अपराह्न तीन बजेपछि सुरु हुनेछ ।

लिगको पाँचौं स्थानमा रहेको एनआरटीको १५ अङ्क छ । एनआरटीले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा हार ब्यहोरेको छ । 

फ्रेण्ड्स भने ११ अङ्कसहित १०औँ स्थानमा छ । फ्रेण्ड्सले तीन खेलमा जित हात पारेको छ भने दुईमा बराबरी र चारमा पराजय भोगेको छ ।

याे खेलमा एनआरटी र फ्रेण्ड्स जित निकाल्दै शीर्ष ६ मा सुरक्षित रहन चाहन्छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया