सुर्खेतमा जीप दुर्घटना : एकजनाकाे ज्यान गयाे, चाैध जना घाइते

 माघ २१, २०७६ मंगलबार १८:३५:५६ | मुना हमाल
unn.prixa.net

सुुर्खेत - सुुर्खेतको वीरेन्द्रनगरमा जीप दुुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ  भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा बराहताल गाउँपालिका-९, का दशरथ शाहीको घटनास्थलमै ज्यान गएको हो । मंगलबार बराहताल गाउँपालिकाको थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णली प्रदेश ००२००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा-१४, को बेदखोलामा दुुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार जीपमा १५ जना रहेका र तीमध्ये १४ जना घाइते भएका हुन् ।

डीएसपी रावलले जीप सडकबाट झण्डै १५ मिटर तल खसेको र घाइतेहरुको वीरेन्द्रनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया