ओमानविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै, अभिनाश र सुशनकाे डेब्यू

 माघ २२, २०७६ बुधबार ९:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

यो खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । नेपाल र ओमानबीचको खेल केही बेरमा त्रिवि मैदानमा हुँदैछ । 

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो ।

आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा रहेर अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

यस्ताे छ नेपालकाे प्लेइङ ११– ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकीपर), करण केसी, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया