कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ भने घट्यो

 माघ २२, २०७६ बुधबार १०:२४:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मलेसियन रिंगिटको भाउ भने स्थिर छ । 

नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिदद २९८ रुपैयाँ  रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा नै रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ११ पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५३  पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया