अनलाइनबाटै विदेशमा पाइने काम कसरी खोज्ने र आवेदन दिने ? भिडियो हेर्नुहोस्

 माघ २२, २०७६ बुधबार १४:२५:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा पाइने काम, तलब र सेवा सुविधाको बारेमा बुझ्न अब एजेण्टको भर पर्नु पर्दैन । म्यानपावर धाउन पनि पर्दैन ।

आफू जाने देश र आफूले गर्न चाहेको काम अब घरमै बसेर खोज्न र त्यही कामको लागि आवेदन दिन सकिन्छ । वैदेशिक राेजगार विभागले सुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देशभरका म्यानपावर कम्पनीले विदेशी रोजगारदाताबाट ल्याएको मागको विवरण राख्न थालेपछि घरमै बसेर काम खोज्न र आवेदन दिन सकिने भएको हो ।

यो व्यवस्था लागू भएसँगै अब म्यानपावर कम्पनीले डिमाण्ड हुँदा पनि श्रमिकलाई छैन भन्ने, एजेण्टले पैसा उठाएर दिएकाको मात्र फारम भरिदिने, अन्तर्वार्तामा सहभागी गराउने अवस्थाको अन्त्य हुने विभागको विश्वास छ ।

अनलाइनबाट काम खोज्ने र आवेदन दिने तरिका भिडियोमा हेर्नुहोस् :

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया