सुरक्षित वैदेशिक रोजगारीका लागि जनप्रतिनिधिसँग छलफल

 माघ २२, २०७६ बुधबार १७:५८:३४

रामकुमार थापा/धादिङ ।

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे नगर कार्यसमितिका सदस्यहरुलाई जानकारी गराईएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत भएको छलफल कार्यक्रममा सामी परियोजनाको उदेश्य, सुरक्षित वैदेशिक रोजगारीका लागि जनतप्रतिनिधिको भूमिका, वैदेशिक रोजगारीको वर्तमान अवस्था, अवसर तथा चुनौती लगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना, उप–मेयर मनराज भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना शर्मा (अधिकारी), लेखा तथा प्रशासकीय अधिकृत भूमिराज श्रेष्ठका साथै १४ वटै वडाका वडा अध्यक्ष, नगरकार्य समितिका सदस्यहरुको उपस्थिती थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन सामी परियोजनाको भूमिका महत्वपूर्ण रहेको भन्दै यस काममा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया