तीन–दुईकाे राेमाञ्चक जित निकाल्दै टाेटनह्याम एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश

 माघ २३, २०७६ बिहिबार ७:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साउथह्याम्टनविरुद्ध तीन–दुईको रोमाञ्चक जित निकाल्दै टोटनह्याम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टोटनह्यानले दुई–एकले पछि परेको अवस्थामा जित निकालेको हो ।

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा टोटनह्यामले उपहार गोलमार्फत अग्रता बनाएको थियो । साउथह्याम्टनका ज्याक स्टेफेन्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगे ।

३४औँ मिनेटमा शेन लाेङले गाेल गर्दै साउथह्याम्टनलाई बराबरीमा पुर्‍याए । पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ७२औँ मिनेटमा साउथह्याम्टनले खेलमा अग्रता लियो । उसका लागि ड्यानी इङ्सले गोल गरे ।

तर खेलको अन्त्यतिर १० मिनेटमा दुई गोल फर्काउँदै जोजे माउरिन्होको टिम टोटनह्यामले जित निकाल्न सफल भयो । ७८औँ मिनेटमा लुकास मौराको गोलमा टोटनह्यामले खेल दुई–दुईको अवस्थामा पुर्‍यायाे । 

त्यसपछि ८७औँ मिनेटमा टोटनह्यामले पेनाल्टीको अवसर पायो । जसलाई सन ह्युङ मिङले गोल गर्न सफल भए । डेन अलीको पासलाई क्लियर गर्न खोज्दा साउथह्याम्टनका गोलकिपरले डिवक्समा फल गरेका थिए । जसलाई सनले पेनाल्टीमार्फत गोल गरे ।

अब पाँचौँ चरणमा टोटनह्यामले नोर्विच सिटीसँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया