ए डिभिजन लिग : उपाधि जित्न र रेलिगेशनबाट जाेगिन प्रयासरत क्लबबीच प्रतिस्पर्धा

 माघ २३, २०७६ बिहिबार ९:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि ११औँ चरणका खेलहरु सुरु हुँदैछ ।

बिहीबार हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्दैछन् । यी दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा हुनेछ ।

बिहीबारकाे खेल चार वटै क्लबका लागि निकै महत्वपूर्ण छ । लिग उपाधि नजिक पुगेका आर्मी र मच्छिन्द्रका लागि जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण रेलिगेशनबाट जोगिन प्रयासरत सरस्वती र एपीएफलाई पनि छ ।

मच्छिन्द्र सरस्वतीलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । मच्छिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेशनबाट जोगिने आश कायमै रहनेछ ।सरस्वतीले अङ्क खोस्न सफल भएमा मच्छिन्द्रकाे लिग जित्ने अभियानमा धक्का लाग्नेछ ।

मच्छिन्द्र २२ अङ्क बनाउँदै लिगको दोस्रो स्थानमा छ । चार अङ्कसहित लिगको पुछारमा रहेको सरस्वतीलाई रेलिगेशनबाट जोगिनका लागि मच्छिन्द्रलाई टक्कर दिनु जरुरी छ ।

आर्मीको अवस्था पनि उस्तै छ । यदी एपीएफसँग बराबरी वा पराजित भएको खण्डमा मच्छिन्द्र अघि बढ्न सक्नेछ । आर्मीको पहिलो उपाधि जित्ने अभियानमा बाधा पुग्न सक्नेछ ।

एपीएफ भने पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । बिहीबारकाे खेलमा आर्मीलाई हराएको खण्डमा एपीएफको रेलिगेशनको खतरा न्यून हुनेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया