६ पटकका ओलम्पिक स्वर्णपदक विजेता लोच्टे फेरि १४ महिना प्रतिबन्धमा

 साउन ८, २०७५ मंगलबार ७:६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिबन्धित औषधि प्रयोग गरेको प्रमाणित भएपछि अमेरीकी पौडीवाज रायन लोच्टे १४ महिनाको प्रतिबन्धमा परेका छन् । 

६ पटकका ओलम्पिक स्वर्णपदक विजेता लोच्टे अमेरीकी एन्डी डोपिङ एजेन्सी वाडाले गरेको परीक्षणमा असफल भएपछि १४ महिनाको प्रतिबन्धमा परेका हुन् । उनले वाडाले प्रतिबन्धको सूचिमा राखेको औषधि डाक्टरको सल्लाह विपरीत आफू खुशी प्रयोग गरेको बताइएको छ । 

उनले आफ्नो कमजोरीका लागि औषधि सेवन गरेको र त्यो औषधी वाडाको प्रतिबन्धको सूचिमा थाहा नपाएको बताएका छन । साथै उनले आफूमाथि लागेको प्रतिबन्धलाई स्विकार पनि गरेका छन् । उनले आफ्नो गल्तीबाट अरु खेलाडीलाई पनि पाठ सिक्न आवश्यक रहेको बताए । 

कुल १२ पटकका ओलम्पिक पदक विजेता लोच्टे अमेरिकी पौडी इतिहासमा माइकल फेल्प्सपछिका सफल खेलाडी हुन् । ३३ वर्षीय लोच्टे यसअघि पनि रियो ओलम्पिक पछि १० महिनाको प्रतिबन्धमा परेका थिए ।

यो बेला उनले ग्यास स्टेसनमा कुनै व्यक्तिलाई बन्दुक देखाएको आरोप लागेको थियो । उनीमाथि लागेको नयाँ प्रतिबन्ध २०१९ को जुलाईसम्म रहनेछ । उनले एथेन्स ओलम्पिकमा एक स्वर्ण र एक रजत, बेइजिङ ओलम्पिकमा दुई स्वर्ण र दुई कास्य, लण्डन ओलम्पिकमा दुई स्वर्ण, एक रजत र एक कास्य तथा रियो ओलम्पिकमा एक स्वर्ण जितेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया