मुम्बइको पर्यटन मेलामा नेपाललाई उत्कृष्ट अवार्ड

 माघ २३, २०७६ बिहिबार १४:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको मुम्बइमा भएको पर्यटन मेलामा नेपालको स्टल उत्कृष्ट भएको छ ।

फेब्रुअरी ३ देखि ५ तारिखसम्म मुम्बइमा भएको आउटबाउन्ड टुरिज्म मार्केटमा नेपालले प्यागोडा शैलीमा तयार पारेको स्टलले उत्कृष्ट स्टलको उपाधि पाएको हो । ५५ देशका ११ सय बिक्रेता र २० हजार क्रेताको सहभागिता रहेको मेलामा नेपालको पर्यटन बोर्डसहित १९ वटा निजी क्षेत्रकोसमेत सहभागिता थियो ।

नेपालको स्टलमा उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराज र ग्रिसका पर्यटनमन्त्री ह्यारिस थ्योचारिसले भ्रमण गरेर तारिफ गर्नुभएको थियो । पर्यटन बोर्डले मुम्बइको मेलामा नेपाल भ्रमण वर्षकोसमेत मनग्य प्रचार प्रचार भएको जनाएको छ ।

मुम्बइमा नेपाल एअरलाइन्सले हप्तामा तीन वटा उडान गर्दै आएकोले त्यहाँका धेरै पर्यटक तान्न सकिने सम्भावना रहेको पनि बोर्डले जनाएको छ । नेपाल आउने कुल पर्यटकको १९ प्रतिशत हिस्सा भारतीयको रहँदै आएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया