अमेरिकाविरुद्धको एक दिवसीयअघि नेपाललाई झड्का : शरद भेषावकर घाइते, खकुरेलकाे सम्भावना

 माघ २३, २०७६ बिहिबार १५:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गत शनिबार अमेरिकासँग खेल्ने नेपाली टाेलीमा शरद भेषावकर नहुने भएका छन् ।

पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको र जित्नैपर्ने खेलअघि भरपर्दा ब्याट्सम्यान शरद भेषावकर घाइते भएपछि नेपाली टिमलाई ठूलो धक्का लागेको हाे ।

नेपाली टिमका हार्ड हिटर ब्याट्सम्यान शरद भेषावकर घाइते भएका उनकाे एमआरआई गरेपछि १० दिन रेस्ट गर्न चिकित्सकले सल्लाह दिएका थिए । शरदले ओमानविरुद्ध नेपालका तर्फबाट अर्धशतक बनाउँदै टिमको स्कोर उकासेका थिए । तर उनी आउट भएसँगै नेपालको आशा पनि समाप्त भएको थियो ।

दाजु महेन्द्र भेषावकरको निधन हुँदा शरद किरिया बसेका र त्यतिबेला कारण कम्मरमुनिको भागमा समस्या देखिएको थियो । उनले ओमानविरुद्धको खेलमा पनि असजिलो महसुस गरेका थिए । शरद घाइते भएसँगै उनको ठाउँमा सुवास खकुरेलले मौका पाउने सम्भावना रहेको छ ।

राष्ट्रिय टिमको वैकल्पिक खेलाडीको रुपमा रहेका सुवासलाई रिप्लेस गर्ने विषयमा क्यानले पहल थालेको र यस विषयमा शुक्रबार निर्णय हुने जनाइएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया