बमजनको आश्रममा प्रहरीको छापा

 माघ २४, २०७६ शुक्रबार १०:५२:४० | बाबुराम देवकोटा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुली – प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा रहेको रामबहादुर बमजनको आश्रममा छापा मारेको छ ।

तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।

बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले शुक्रबार बिहानै बमजनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारे पनि अहिलेसम्म बमजन नभेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बमजनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि पक्राउ गरेको छ । आश्रमस्थलमा अहिले प्रहरीले घेराउ गरेको छ । बमजनमाथि एक जनाको हत्या गरेको, केही आनीहरुलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।

सिन्धुली जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया