दोषी भेटिए सजाय भोग्न तयार छु : माधवकुमार नेपाल

 माघ २४, २०७६ शुक्रबार १६:१७:५ | सुमन तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भ्रष्टाचार गर्ने दोषी जो कोहीलाई पनि कारबाही हुनुपर्ने बताउनु भएको हो । 

मालपोतमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री दोषी नहुने भन्दै उहाँले बदमासी गरेको दोषी हुने र कारबाहीको भागिदार हुने बताउनुभयो। अहिले अख्तियारले गरेको अध्ययन र भ्रष्टाचारको मुद्दा लगाउने काम पार्टीप्रति पूर्वाग्रह राखेर नगरिएको उहाँको भनाई छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया