आलुबारीमा भेटियो २१ हप्ताको भ्रूण

गर्भपतन गराउन दबाब दिएकाे आराेप लागेका गाउँपालिका अध्यक्ष फरार

 माघ २५, २०७६ शनिबार ६:५९:२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरकाे फिदीममा रहेकाे समर्पित अस्पताल परिसरमा हत्या गरेर फालिएकाे भ्रूण फेला परेकाे छ । अस्पताल नजिकैको आलुबारीमा भ्रूण फेला परेको पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले वताउनुभयो । 

प्लाष्टिकमा प्याक गरेर पुरेको अवस्थामा भ्रूण फेला परेको तर, भ्रूणको परीक्षण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयाे । याे अस्पतालमा गएको पुस २६ गते कुम्मायकाकै सुकुम्बासी दलित परिवारकी १९ वर्षीया युवतीको २१ हप्ताको गर्भपतन गराइएको थियो । कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको युवतीकाे दावी छ । 

कुम्मायक-५ स्याबरुम्बाका रमेश खड्कासगँ अन्तरजातीय प्रेम विवाह गरेकी युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले दबाब दिएर जबरजस्ती गर्भपतन गराएकाे पीडित युवतीको भनाई छ । 

अध्यक्ष चेम्जोङसँगै रमेशका परिवारको दबाबमा भ्रूण हत्या भएपछि चेम्जोङ बुधबारदेखि फरार भएकाे र अध्यक्षसहित किटानी जाहेरीमा परेकाहरुको खोजी  भईरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया