अझै सात लाख जनाले स्मार्ट लाइसेन्स पाउन बाँकी

 माघ २५, २०७६ शनिबार १३:३६:४३ | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - यातायात व्यवस्था विभागले माग अनुसारको छपाइ गर्न नसक्दा झण्डै ७ लाख जनाले स्मार्ट सवारीचालक अनुमतिपत्र अर्थात लाइसेन्स पाउन सकेका छैनन् । 

विभागले धेरै छपाइ गर्न सक्ने मास प्रिण्टर ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरेको बताए पनि अझै ७ लाख जनाले अनुमतिपत्र पाउन बाँकी छ । उनीहरुले रसिद मात्र पाएका छन् । त्यहि रसिद देखाएर उनीहरुले गाडी र मोटरसाइकल चलाइरहेका छन् । 

विभागले गएको साउनमा ल्याएको मास प्रिन्टरले पूर्ण क्षमतामा लाइसेन्स छपाइ थालेको १ महिना भएको विभागले जनाएको छ। मास प्रिन्टर पूर्ण क्षमतामा सञ्चालनमा आएपछि झण्डै डेढ लाख लाइसेन्स छापिसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । 

अहिले देशभरीका यातायात कार्यालयमा दैनिक ५ हजार जनाले नयाँ बनाउन तथा पुरानो लाइसेन्स नवीकरणको लागि आवेदन दिने गरेका विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिनुभयो । मास प्रिन्टरले दैनिक १० हजार लाइसेन्स छापिरहेकाले माग घट्न नसकेको उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: चैत २५, २०८०

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया