भारतविरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै न्युजिल्याण्डलाई

 माघ २५, २०७६ शनिबार १६:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डले जितेको छ ।

शनिबार भएको खेल २२ रनले जितेसँगै तीन खेलको सिरिजमा लगातार दोस्रो जितसहित एक खेल बाँकी छँदै न्युजिल्याण्डले सिरिज जितेको हो । पहिलो एक दिवसीय क्रिकेट खेलमा भारत ४ विकेटले पराजित गरेको थियो ।

टी-२० सिरिज क्लिनस्वीप गरेको भारतले एक दिवसीय सिरिज भने जोगाउन असफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २७३ रन बनाएको थियो । रस टेलरले नट आउट ७३ रन बनाउँदा आजै डेब्यु गरेका केइल जेमिसनले नट आउट २५ रन बनाए ।

यस्तै मार्टिन गप्टिलले ७९ रन तथा हेनरी निकोलसले ४१ रनको योगदान गरे ।

बलिङतर्फ भारतका युजबेन्द्र चाहलले ३ तथा सार्दुल ठाकुरले २ विकेट हात पारे ।

२७४ रनको लक्ष्य पछ्याएको भारत ४८.३ ओभरमा सवै विकेट गुमाउँदै २५१ रनमा अल आउट भयाे । भारतलाई सस्तैमा अल आउट गर्न न्युजिल्याण्डका ह्यामिस बेनेट, टिम साउदी, केइल जेमिसन र कोलिन डी ग्राण्डहोमले समान दुई/दुई विकेट लिए ।

भारतका लागि रविन्द्र जडेजाले ५५ तथा श्रीयस एय्यरले ५२ रन बनाए पनि हार टार्न पर्याप्त भएन । नjदीप सैनीले ४५ तथा पृथ्वी शले २४ रनको योगदान गरेका थिए ।

अब अन्तिम एक दिवसीय ११ फेब्रुअरीमा हुने छ । उक्त खेलमा पनि न्युजिल्याण्ड विजयी भए सिरिज ह्वाइटवास गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया