आईसीसी विश्वकप लिग २ छनाेट : ओमानविरुद्ध पहिलाे खेलकाे हारकाे बदला लिने दाउमा नेपाल

 माघ २६, २०७६ आइतबार ६:४९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ छनाेटअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले तेस्रो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान किर्तिपुरमा हुने खेल बिहान साढे नौ बजे सुरु हुनेछ । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।

सात एक दिवसीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जित र पाँचमा हार बेहोरेको थियो । टी-२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३  यता जित निकाल्न सकेकाे छैन । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

लिग २ मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ ।  जारी प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाइ कायम राख्न चाहन्छ । उसले अमेरिकालाइ पनि ६ विकेटले हराएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया