नेपाललाई अर्को झट्का, दिपेन्द्र शून्यमै आउट

 माघ २६, २०७६ आइतबार ११:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानसँग खेलिरहेको नेपाललाई लगातार झट्का लागेको छ । दोश्रो विकेटका रुपमा पारस खड्का आउट भएलगत्तै उप-कप्तान दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भएका छन् । 

ओमनका मोहम्मद नादिमले एकै ओभरमा दोस्रो विकेट लिएका हुन् । आजको पहिलो विकेटपनि उनैले लिएका थिए । २४ औं ओभरको पहिलो बलमा पारसको विकेट लिएका नदिमले चौथो बलमा दिपेन्द्रको विकेट लिएका हुन् । 

२४ औं ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १ सय ७ रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी छन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया