फ्रेण्ड्समाथि एपीएफकाे सानदार जित, आशिष सर्वाधिक गाेलकर्ताकाे शीर्ष स्थानमा

 माघ २७, २०७६ सोमबार १७:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत एपीएफले फ्रेण्ड्स क्लबलाई पाँच–दुई गाेल अन्तरले हराएकाे छ । 

सातदोबाटोकाे एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफलाई जित दिलाउनका लागि आशिष लामा र प्रविण स्याङ्तानले दुई गाेल र प्रविण स्याङ्तानले एक गोल गरे ।

खेलकाे १२औँ मिनेटमा लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा आशिषले एपीएफको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको एपीएफले दोस्रो हाफमा तीन गोल गर्‍यो भने फ्रेण्ड्सले पनि दुई गोल फर्कायो ।

६८औँ मिनेटमा फिलिपे डिले गोल गर्दै एपीएफको अग्रता दुई–एकमा झारे । ७१औँ मिनेटमा प्रविण स्याङ्तानले गोल गरेपछि एपीएफले अग्रता तीन–एकमा लम्ब्याए । ७५औँ मिनेटमा विश्व अधिकारीले फ्रेण्ड्सका लागि गोल गरे ।

इन्ज्युरी समयमा एपीएफले दुई गोल गरे । इन्ज्युरी समयको चौथो मिनेटमा टोपबहादुर विष्टले र छैटौँ मिनेटमा प्रविण स्याङ्तानले गोल गरेपछि एपीएफले पाँच–दुईको जित निकाल्यो । जितसँगै एपीएफले आठ अङ्क बनाएको छ, फ्रेण्ड्स भने १४ अङ्कसहित नवौँ स्थानमा छ ।

याे खेलमा दुई गाेल गरेका एपीएफका आशिष ए डिभिजन लिगमा सर्वाधिक गाेलकर्ताकाे शीर्ष स्थनमा उक्लिएका छन् । उनले जारी लिगमा आठ गाेल गरेका छन् । दाेस्राे स्थानमा च्यासलका सन्ताेष साहुखल रहेका छन् । साहुखलले ७ गाेल गरेका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया