दुबईमा नेपालीका लागि निःशुल्क स्वास्थ्य परीक्षण

 माघ २८, २०७६ मंगलबार १२:१८:५२ | उज्यालो सहकर्मी

यूएई – तपाईँ यूएईमा हुनुहुन्छ ? स्वाथ्य परीक्षण गर्न मन लागेको छ । त्यसो भए आउँदो शुक्रबार बरदुबईमा गएर निःशुल्क आफ्नो स्वास्थ्य परीक्षण गर्नुहोस् ।

नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा आउँदो फागुन २ गते बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागेको छ । 

नेपाली समाजको स्वास्थ्य सचेतना अभियान अन्तर्गत स्वास्थ्य परीक्षणमार्फत नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो ।

बरदुबईमा शुक्रबारका दिन धेरै नेपाली जमघट हुने ठाउँ भएकाले समाजले आउँदो शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको छ। 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया