सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना : एक जनाको ज्यान गयाे, ६ जना घाइते

 माघ २९, २०७६ बुधबार २०:८:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - सल्यानको कपुरकोटबाट बुटवलका लागि हिँडेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । 

कपुरकोट गाउँपालिका वडा नम्वर ३ मा रहेको चोरखोलामा भएको दुर्घटनामा ज्यान गुमाउनेमा २९ वर्षीय नेपाली सेनाका सिपाही यादवराज धरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया