करेण्ट लागेर कपिलवस्तुमा ६ वर्षीय बालिकाको ज्यान गयाे

 फागुन १, २०७६ बिहिबार १६:५९:१९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - घरबाट विद्यालय जाँदै गर्दा मायादेवी गाउँदपालिका-२, भैसकुण्डामा एउछी ६ वर्षीया बालिकाको करेन्ट लागेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय विजय पासीकी छोरी कुसुम पासी रहेको प्रहरीले जनाएको छ । स्थानीय नेपाल राष्ट्रिय मा.वि.मा कक्षा १ मा पढ्ने बालिका कुसुमको गाउँकै मौलाना कैयुम मुसलमानको निर्माणाधीन घरमा रहेको मोटर जडित ह्याण्डपम्पमा छुँदा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयाे । पासीको निधनमपछि विद्यालय १ दिन बन्द गरेर शोक व्यक्त गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया