प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
मोरङ - कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगङ्गा गाउँपालिका १ ढाँटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ ।
को १ ख ७३०९ नम्बरको टिप्परले प्रदेश २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३ जनामध्ये २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हाे ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनियाँ–२ का २८ वर्षीय हरेराम साह र पछाडि बसेका सिरहा सुखीपुर-२ का २४ वर्षीय मोहमद अजिर राईन(मुस्लिम) रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका सप्तरीको रुपनी बसेका १९ वर्षीय धनराज यादव गम्भीर घाईते हुनुभएकाे छ । उहाँको कोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।