भक्तपुरको खरिपाटीमा स्थानीयका लागि छुट्टै हेल्थ डेस्क स्थापना

 फागुन ४, २०७६ आइतबार २०:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखेपछि स्थानीय बासिन्दाका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय बासिन्दामा डर बढेकोले उनीहरुका लागि निःशुल्क हेल्थ डेस्क राखिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । चाँगुनारायण–७ घुमाउनेमा रहेको सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक डाक्टर र एक नर्ससहितको टोली उपचारमा खटिएका छन् ।

आज आइतबार पहिलो दिन भएकाले स्वास्थ्य परीक्षणका लागि कोही नआएको डाक्टरले बताएका छन् । यसैबीच, चीनबाट ल्याइएका १ सय ७५ जना नेपालीको रगत र र्‍यालको नमुना संकलन गरिएको छ । संकलन गरिएको नमुना परीक्षणका लागि टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

चीनबाट विशेष विमानमा आज बिहान ४ बजेतिर त्रिभुवन विमानस्थल ल्याइपुर्‍याइएका १ सय ७५ जनालाई स्वास्थ्य सामान्य पाइएपछि खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइन लैजानु अघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुईपटक स्वास्थ्य परीक्षण गरिएको थियो । ने

पाल ल्याइएको १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालक, सहित चालकदलका सदस्य चिकित्सक लगायतलाई १४ दिन डाक्टरको निगरानीमा राखिनेछ । विश्व स्वास्थ्य संगठनले कोरोना भए नभएको टुंगो लगाउन १४ दिन डाक्टरको निगरानीमा राख्नैपर्ने नियम बनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया