काठमाण्डौमा तार जमिनमुनि बिछ्याउने काम सुरु

 फागुन ५, २०७६ सोमबार ९:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा बिजुलीका तार जमिनमुनि बिछ्याउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गर्नुभएको हो ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको तार भूमिगत गरिनेछ ।

तारको कारण शहर कुरुप बन्दै गएको र जोखिम पनि बढेकाले तारलाई जमिनमुनि बिछ्याउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

यी दुईवटा वितरण केन्द्रको तार ३२ महिनामा भूमिगत गरिसक्ने गरी भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिएको छ । दुईवटा वितरण केन्द्र अन्तर्गतका ९० हजार ग्राहकको घरसम्मको तार भूमिगत गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणले जनाएको छ ।

तार भूमिगत गर्दा सडक धेरै नखनिने र खनेको १० दिनभित्र पहिलेकै जस्तो बनाइसक्ने गरी सडक विभाग र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया