‘क्यान इन्फोटेक’मा यस्ता छन् छुट र अफर !

 फागुन ५, २०७६ सोमबार ११:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भृकुटीमण्डपमा चलिरहेको प्रबिधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकमा टेलिफोन, ईन्टरनेट, सफ्टवेर लगायतका स्टलमा अवलोकनकर्ता तथा ग्राहकको घुईंचो लाग्ने गरेको छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा एनसेलको सिम एक रुपैयाँमै पाईन्छ भने ईन्टरनेट सेवा प्रदायकहरुले विभिन्न छुटसहितको प्याकेज बिक्री गरिरहेका छन् । 

मोबाईल, कम्प्यूटरको माउस, ब्लुटुथ, स्पिकर, क्यामेरा स्ट्याण्ड लगायतका उत्पादनमा पनि छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बुधबारसम्म चल्ने प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् । 

खल्ती एपमा स्क्यान गरेर भुक्तानी गर्न नयाँ सुविधा

खल्तीले क्यान इन्फोटेकको अवसरमा थप नयाँ भुक्तानी प्रणाली ल्याएको छ । पहिले खल्ती एपबाट खल्ती एपमा मात्र स्क्यान गरेर भुक्तानी गर्न मिल्ने रहेको प्रणालीमा अबदेखि युनियन पे मा पनि स्क्यान गरेर भुक्तानी गर्न मिल्ने छ ।

थप सुविधामा आइपिएस कनेक्टबाट पनि खल्तीको खातामा ब्यालेन्स ट्रान्सफर गर्न मिल्नेछ । खल्तीको फोटो बुथमा तस्बिर खिचेर प्रातियोगितामा सहभागी भइ फिल्मको टिकट जित्न सकिनेछ ।

अफरिङ ह्यापिनेसको विशेष छुट

अफरिङ ह्यापिनेसले नयाँ वेबसाइटको सुरुवातसँगै नयाँ नयाँ सुविधा र छुटहरु लिएर आएको छ । भिन्न र नयाँ ढङ्गले जन्मदिन र वार्षिक उत्सवजस्ता कार्यक्रम मनाउने उदेश्यका साथ खोलिएको कम्पनीले क्यान इन्फोटेकमा सहभागिता जनाउँदै ग्राहकहरुलाई विशेष छुट र सुलभ दरको सुविधा दिइहेको छ।

ब्रनडिजिटको नयाँ सफ्टवेयर उत्पादन 

ब्रनडिजिटले पिपल र कन्टेन्डर नामक दुईवटा नयाँ इन एप्प सफ्टवेयर उत्पादन गरेको छ । पिपल सफ्टवेयर भनेको मानव संसाधन व्यवस्थापन सफ्टवेयर हो, जसको मद्दतले कुनै संस्थामा काम गर्ने कर्मचारीको हाजिरी, बिदा, तलवको तथयाङ्क कमप्युटरमा व्यवस्थापन गर्न सकिन्छ । यसको मद्दतले काम छिटो र सजिलो हुने कम्पनीको दाबी छ ।

त्यसैगरी कन्टेन्डरभनेको ‘ड्रयाग र ड्रप’ आधारित वेब बिल्डर सफ्टवेयर हो । यसको प्रयोगले सजिलै वेबसाइट बनाउन सकिन्छ । क्यान इन्फोटेकमा यी सफ्टवेयरहरुको खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

बच्चाहरुलाई कम्प्युटर कोडिङ सिकाउने नान रोबोटिक्स

बच्चाहरुलाई कम्प्युटर कोडिङ सिकाउने उदेश्यले स्थापना गरिएको नान रोबोटिक्स कम्पयुटिङ प्राइभेट लिमिटेडले एआई, रोबोटिक्स र कोडिङको क्षेत्रमा काम गरिरहेको छ ।

नेपाल प्रविधिको क्षेत्रमा अरु देशको तुलनमा पछाडि रहेको र सानै उमेरदेखि बालबालिकालाई प्रबिधी क्षेत्रमा जिज्ञासु बनाउन र सीप सिकाउन नान रोबोटिक्सले यस वर्षको क्यान इन्फोटेकमा सहभागिता जनाएको छ । ६ देखि १२ वर्ष उमेरका ईच्छुक बालबालिकाहरुले प्रोग्रामिङकोडिङ सिक्न चाहेमा स्टल भ्रमण गरी नाम टिपाएमा २० प्रतिशत छुट र एक हजार रुपैयाँको भौचर पाउन सकिनेछ ।

वर्ल्डलिंकको स्टलमा प्रत्यक्ष गेमिङको अनुभव  

वर्ल्डलिंकले क्यान इन्फोटेकमा अवलोकनकर्तालाई प्रत्यक्ष गेमिङको अनुभव गर्न मिल्ने व्यवस्था मिलाइको छ । मेलाको संघ शीर्षकको रुपमा रहेको कम्पनीले यो वर्ष मूल्यवान सेवा दिन १० हजार ठाउँमा निःशुल्क ईन्टरनेट सेवा वितवण गर्ने बताएको छ । योसँगै अफर स्वरुप प्रति महिना १२ सय रुपैयाँमा २४ एमबीपीएसको इन्टरनेटसँगै नेट टिभी निःशुल्क रोपमा पाइने योजना लिएर आएको छ ।

सेवामा वाईफाई मोविलिटी प्रविधी अर्थात वर्ल्डलिंक प्रयोगकर्ताले सित्तैमा ठाँउठाँउमा ईन्टरनेटको सुविधा पाउने छन् । गतिशील र व्यवस्थित ग्राहक सेवा प्रदान गर्ने उद्देश्यले वर्ल्डलिंकले अझ सुलभ दरमा सुविधा दिन लागेको जनाएको छ ।

एक रुपैंयामा एनसेलको सिम कार्ड  

एनसेलले क्यान इन्फोटेकका अवलोकनकर्तालाई एक रुपैयाँमै सिम कार्ड वितरण गरिरहेको छ । सिमकार्डको खरिदमा ग्राहककले १० मिनेटको टक टाइम, १० वटा एसएमएस र ३ दिनको लागि २ जीबी डेटा निःशुल्क प्राप्न गर्नेछन् । एनसेल एप डाउनलोडको लागि बुथमा निःशुल्क वाईफाई, फोरजी स्पिड टेस्ट जोन जडान गरिएको छ । सँगै अवलोकनकर्ताले भीआर गेमहरुको मजा लिन सक्नेछन ।

एनसेलको स्टलबाट १०० रुपैयाँको रिचार्ज गरेमा १५ दिनसम्म बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छूट पाइनेछ र ७ दिनसम्म लागू हुने गरी बिहान ५ देखि बेलुकी ५ बजेसम्म प्रयोग गर्न मिल्ने १ जिबी डेटा प्राप्त गर्न सकिन्छ । 

ई–ढेवाको सुपर मोबाइल एप  

ई–ढेवाले मोबाइलबाटै पैंसा तिर्न मिल्ने एप हो । बिजुलीको बिल, डाक्टर जाँच्ने शुल्क, प्लम्बर, गाडी भाडा, खाजा अर्डर, ट्याक्सी सेवा जस्ता सुविधा रहेको ई–ढेवाको एपमा रकम टपअप गरी सजिलै बिल भक्तानी गर्न सकिन्छ । पानीको बिल तिर्न, बसको टिकट काट्न र रेमिट्यान्सको सुविधा पनि
यसमा रहेको छ । 

ओसियन कम्प्युटर प्रालिगेमिङ जोन

गेमिब ल्यापटप र कम्प्युटरको लागि प्रसिद्ध कम्पनी ओसियन कम्प्युटर प्रालिले अवलोकनकर्ताको लागि छुट्टै गेमिङ जोन राखेको छ । कम्पनीले नयाँ प्रविधिका ल्यापटप र प्रोजेक्टरका साथै गेमिङ जोनमा अनलाइन गेमडेटा र काउन्टर स्ट्राइको फाइनल गराउँदै छ । कम्पनीले क्यान इन्फोटेक २०२० मा थ्रीडीएनिमेसन, भिडियो एडिटिङ, भरपर्दो गेमिङ ल्यापटप र सामाग्रीहरुको जानकारी प्रदान गरिरहेको छ । 

सुबिसु क्यान इन्फोटेक अफर’

सुबिसु केबलनेट प्रालिले ‘क्यान इन्फोटेक २०७६’ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ। यस अफर अन्तर्गत सेवाग्राहीले २५ एमबिपिएस इन्टरनेट र फूलएचडी प्याकेज–२७५ प्लस च्यानल र ९५ प्लस एचडी २६५४ मै प्राप्त पाउने भएका छन्। जसमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ। यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको कम्पनीले बताएको छ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया