नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन ...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - सीरी ‘डी’ क्लब ग्रोसेटोका प्रशिक्षक लाम्बेर्टो माग्रिनीलाई खेलको दौरान आफ्नै खेलाडीलाई थप्पड हानेपछि रातो कार्ड देखाइएको छ ।
दुई पक्षका खेलाडीहरु आपसमा सङ्घर्षरत रहेका बेला उनले आफ्नै खेलाडीलाई थप्पड हानेका थिए । त्याे घटना भएको केही समयमा नै उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
माग्रिनीले मिडफिल्डर रिकार्डोलाई माटियाको ठाउँमा 'सब्सिच्युट' गरेका थिए तर मैदानबाट बाहिर निस्केपछि उनले आफ्नै खेलाडी माटियालाई थप्पड हाने ।
घटनामा उनलाई रातो कार्डमात्र देखाइए पनि क्लबले भने बर्खास्त गर्न सक्ने बताइएको छ ।