कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएकाे छ ।
तुम्बाहाङ्फेले साेमबार दिउँसाे राष्ट्रपति भवनमा पद तथा गाेपनियाताकाे शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभयाे ।
उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियाे ।
यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गर्नुभएको थियो ।
तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको थियो ।