प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
साेमबार राति १२ बजेदेखि लागू हुने गरी तीन वटै पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
अब काठमाण्डाैमा पेट्रोल प्रतिलिटर एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।
भारतमा तेलको मूल्य घटेपछि नेपालमा पनि समायोजन भएको निगमले जनाएको छ । तर ग्यासमा भने मूल्य समायोजन भएको छैन ।