म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायाे

 फागुन ६, २०७६ मंगलबार ६:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।

चेल्सीलाई उसैको मैदानमा दुई–शून्यले हराउँदै युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना कायम राखेको छ । विवादास्पद खेलमा भिडियो एसिस्टेन्ट रेफ्रीले खेलको नतिजामा व्यापक प्रभाव पारेको थियो ।

पहिलो हाफमै म्यान्चेस्टर युनाइटेडका ह्यारी मागुइरेले मिची बात्शुआईलाई गम्भीर फल गरे पनि भीडियो एसिस्टेन्ट रेफ्रीले मान्यता दिएन ।

४५औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै म्यान्चेस्टर सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा चेल्सीका सब्सिच्युट खेलाडी कार्ट जोउमाले गोल फर्काए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।

६६औं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि चेल्सीका ओलिभर जिरुडको हेडर गोललाई पनि भिडियो एसिस्टेन्ट रेफ्रीले मान्यता दिएन ।

म्यान्चेस्टर युनाइटेड ३८ अङ्क बनाउँदै सातौँ स्थानमा उक्लिएको छ भने चेल्सी ४१ अङ्कसहित चौथो स्थानमा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया